बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस ९ गते

१४ वर्षीया बालिकालाई पटकपटक बलात्कार गरेको आरोपमा प्रहरीले २० वर्षीय दाजूलाई पुस ८ गते गिरफ्तार गरेको छ ।

पीडित बलिकाको स्वास्थ्य परीक्षण पुस ९ गते धुलिखेल अस्पतालमा गरिएको छ । पीडितको गर्भमा २८ हप्ताको बच्चा रहेको स्वास्थ्य परिक्षण प्रतिवेदनमा उल्लेख छ । 

पीडित बालिकालाई आरोपितले अन्तिम पटक ०८१ पुस ४ गते बलात्कार गरेको भनी पीडित बालिकाकी आमाले पुस ९ गते इलाका प्रहरी कार्यालय बनेपामा उजुरी दिएकी छन् ।   

आरोपितलाई हिरासतमा राखी अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय बनेपाका डिएसपी ज्ञानबहादुर खड्काले बताउनु भयो ।


सुमित्रा आचार्य