बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ पुस ३ गते

६६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले बाह्रविसे नपा-३ का १९ वर्षीय सन्देश श्रेष्ठलाई पुस २ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले मङ्सिर २९ गते बलात्कार गरेको आरोपमा पीडितले पुस १ गते इलाका प्रहरी कार्यालय बाह्रविसेमा उजुरी दिएको इलाका प्रहरी कार्यालय बाह्रविसे मुद्दा शाखाका इञ्चार्ज रविन अधिकारीले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण पुस १ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रविसेमा गरिएको थियो ।


नातिबावु धिताल