बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर १६ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा घोराही उपमहानगरपालिका-१३ घर भइ दार्मा गाउँपालिका-६, सल्यान बस्ने २० वर्षीय कमल बुढाथोकीलाई प्रहरीले मङ्सिर १४ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले मङ्सिर १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले मङ्सिर १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर १४ गते राप्ती स्वास्थ विज्ञान प्रतिस्ठान, घोराहीमा भयो ।


जयनारायण पुन