बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर १२ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा क्षिरेश्वरनाथ नगरपालिका-१० का २३ वर्षीय प्रेम कुमार मण्डललाई इलाका प्रहरी कार्यालय महेन्द्रनगरले ०८१ मङ्सिर ११ गते बटेश्वर गाउँपालिका-१ बढहरी खोलाबाट गिरफ्तार गरेको छ ।

पीडित मङ्सिर ३ गते खेतमा एक्लै धान काटिरहेको अवस्थामा एक्कासी पछाडिबाट समाती कपडाले मुख थुनि आरोपितले बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध मङ्सिर ४ गते इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा उजुरी दिनुभएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण मङ्सिर ४ गते प्रादेशिक अस्पताल जनकपुरधाममा भयो।

पीडित पक्षको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरका इन्स्पेक्टर सोनु शाहले जानकारी दिनुभयो ।


सन्तोषकुमार यादव