बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ मङ्सिर १० गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले त्रिपुरासुन्दरी गाउँपालिका–३ का ३५ वर्षीय छविलाल थामीलाई मङ्सिर ९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले कात्तिक २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले इलाका प्रहरी कार्यालय बाह्रबिसेमा कात्तिक २३ गते दिएको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय बाह्रबिसेका सई रविन अधिकारीले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण कात्तिक २३ गते प्राथमिक स्वास्थ्य केन्द्र बाह्रबिसेमा गरिएको थियो ।

 


नातिबावु धिताल