बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक २० गते

१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले कावासोती नगरपालिका–१७, घर भई हाल गैँडाकोट नगरपालिका–१५, बस्दै आएका ३० वर्षीय सौगात रजाली मगरलाई गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले असोज २७ गते बलात्कार गरेको भन्दै आरोपितविरुद्ध कात्तिक १२ गते उजुरी परेको थियो ।

उक्त उजुरीको आधारमा कात्तिक १३ गते आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका सहायक हवल्दार बालेन्द्र क्षेत्रीले बताउनु भयो । पीडित युवतीको स्वास्थ्य परीक्षण कात्तिक १२ गते जिल्ला अस्पतालमा गरिएको छ ।


दयाराम आचार्य