बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक २० गते

३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले धनकुटा, साँगुरीगढी गाउँपालिका-९ आहालेका ३० वर्षीय मनबहादुर राईलाई कात्तिक १८ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले ०८१ कात्तिक १८ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध सोही दिन इलाका प्रहरी कार्यालय, दुहवीमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको इन्स्पेक्टर सागर तिम्ल्सिनाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा कात्तिक १८ गते गरिएको छ ।


जयकृष्ण यादव