बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक १३ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले मोरङ जिल्ला, जहदा गाउँपालिका-४ स्थायी घर भइ चैनपुर नगरपालिका-४ बस्दै आएका ४० वर्षीय सन्तोषकुमार राजवंशीलाई कात्तिक १२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई ०८१ कात्तिक १० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध कात्तिक ११ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि चैनपुर नगरपालिका-४ बाट कात्तिक १२ गते गिरफ्तार गरिएको इन्स्पेक्टर रामकुमार लामिछानेले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा कात्तिक १३ गते गरिएको छ ।


भविन कार्की