बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक ११ गते

३५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कञ्चन गाउँपालिका-४ का ४५ वर्षीय निर्मल थापालाई प्रहरीले ०८१ कात्तिक १० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले कात्तिक ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले कात्तिक १० गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण कात्तिक १० गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।


रीमा बिसी