बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक ३ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका–८, भरौलियाका ५८ वर्षीय नजिर अहम्दलाई प्ररीले ०८१ असोज ३० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असोज २९ गते झारफुक गर्ने बहानामा बलात्कार गरेको भन्दै पीडित पक्षले असोज ३० गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज ३० गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी