बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ कात्तिक १ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा बुटवल उपमहानगरपालिका–४, लक्ष्मीनगरका ४५ वर्षीय सूर्यबहादुर क्षेत्रीलाई प्रहरीले ०८१ असोज २९ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक असोज २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असोज २९ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो ।

पीडितको स्वास्थ्य परीक्षण असोज २२ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।


रीमा बिसी