बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असोज १८ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा दैलेख जिल्लाको चामुन्डा बिन्द्रासैनी नगरपालिका-८ घर भइ बारबर्दिया नगरपालिका-३, बनगाई बस्ने २० वर्षीय प्रकाश कुमार नेपालीलाई प्रहरीले ०८१ असोज १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ १७ गते इलाका प्रहरी कार्यायल, बनियाभारमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी ऋषिराम घर्तिमगरले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडित स्वास्थ्य परीक्षण भदौ १७ गते बर्दिया जिल्ला अस्पताल, गुलरियामा भयो ।


प्रकाश पौडेल