बलात्कार घटनाका आरोपित गिरफ्तार

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३४ वर्षीय बावुलाई वैशाख २३ गते प्रहरीले गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले पटकपटक यौन दुर्व्यवहार तथा बलात्कार गरेको र पछिल्लो पटक ०७४ फागुन १८ गते बलात्कार गरेको भन्दै पीडितकी आमाले वैशाख २३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि आरोपितलाई गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका एसपी डम्बरबहादुर बिकले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख २३ गते जिल्ला अस्पतालमा गरिएको छ ।


सीताराम अधिकारी