बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले लिशङ्खुपाखर गाउँपालिका-२ लिशङ्खुका २६ वर्षीय विकास भनिने मिनु योञ्जनलाई वैशाख २२ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले चैत १२ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले ०७५ वैशाख १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएका थिए ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १९ गते नै चौतारा अस्पतालमा गराइएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर हरिकृष्ण खत्रीले बताए ।


नातिबावु धिताल