बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असोज ६ गते

५६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले भोजपुर, साल्पासिलिछो गाउँपालिका-५ स्थायी घर भइ लालीगुराँस नगरपालिका–१ गैंरी टोलमा डेरा गरी बस्दै आएका ६० वर्षीय बाङठा भनिने प्रेम तामाङलाई असोज ४ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८१ भदौ ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध असोज ४ गते इलाका प्रहरी कार्यालय, वसन्तपुरमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रहृलाद खड्काले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा ०८१ असोज ४ गते गरिएको छ ।


सुरेश खत्री