बलात्कार घटनाका आरोपित गिरफ्तार

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामग्राम नगरपालिका-२ का ३७ वर्षीय कृष्ण धोवीलाई प्रहरीले ०८१ भदौ २१ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले भदौ १९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी एवम् सूचना अधिकारी रेशम बोहराले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ २० गते पृथ्वीचन्द्र जिल्ला अस्पतालमा भएको अस्पतालका प्रमुख महममद नुरुल होदाले बताउनु भयो ।


नारायण पराजुली