बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ भदौ १० गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा शितगङ्गा नगरपालिका-६, ठूलाढुङ्ग्रेका २१ वर्षीय श्रवणकुमार रानालाई प्रहरीले ०८१ भदौ ७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० मङ्सिरको पहिलो हप्ता बलात्कार गरेको भन्दै पीडित पक्षले ०८१ भदौ ७ गते इलाका प्रहरी कार्यालय, ठाडामा उजुरी दिएको थियो । पीडित पक्षले दिएको उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, ठाडाका इन्स्पेक्टर रबिन्द्र चन्दले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण भदौ ७ गते प्राथामिक स्वास्थ्य केन्द्र, ठाडामा भयो । पीडित बालिकाले ०८१ साउन २६ गते बच्चा जन्माएको इन्स्पेक्टर चन्दले बताउनु भयो ।


कुलबहादुर नेपाली