यौन दुर्व्यवहार घटनाका आरोपित गिरफ्तार

  ०८१ भदौ ८ गते

१७ वर्षीया बालिकालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले साकेला गाउँपालिका-२ स्थित साकेला माध्यमिक विद्यालयका प्रधानाध्यापक ५५ वर्षीय शिवेन्द्र राईलाई भदौ ६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकलाई आरोपितले ०८१ भदौ ४ गते यौन दुर्व्यवहार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ६ गते जिल्ला प्रहरी कार्यालयमा मौखिक उजुरी दिएको थियो ।

पीडित पक्षको मौखिक उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर वेनु कार्कीले बताउनु भयो ।

पीडित पक्षले आरोपितविरूद्ध भदौ ७ गते जिल्ला प्रहरी कार्यालयमा लिखित उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ७ गते गरिएको छ ।


तारानाथ फुयल