बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ भदौ ४ गते

१५ वर्षीया बालिका बलात्कार गरेको आरोपमा प्रहरीले फिदिम नगरपालिका-१३ स्थायी घर भइ फिदिम नगरपालिका-१२ स्थित सिद्धदेवी माध्यमिक विद्यालयमा कार्यरत शिक्षक ४४ वर्षीय राजकुमार नेम्वाङ्गलाई भदौ ३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८१ भदौ २ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरूद्ध भदौ ३ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर रूपेश तामाङ्गले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा भदौ ३ गते गरिएको छ ।


इवारा जबेगु लिम्बू