बलात्कार घटनाका आरोपित गिरफ्तार

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले घोराही उपमहानगरपालिका-८ का ३२ वर्षीय बसन्त बुढाथोकीलाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले वैशाख ९ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १० गते इलाका प्रहरी कार्यालय तुलसीपुरमा उजुरी दिएको थियो । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १० गते राप्ती उपक्षेत्रीय अस्पतालमा गरिएको छ ।


जे.एन.सागर