बलात्कार घटनाका आरोपित गिरफ्तार

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले १४ वर्षीय बालकलाई वैशाख १६ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०७४ चैत ३० गते बलात्कार गरेको आरोपमा पीडित पक्षले वैशाख १५ गते जिल्ला प्रहरी कार्यालमा उजुरी दिएको प्रहरीले जनाएको छ ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई गिरफतार गरी अनुसन्धान सुरू गरिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रदीपकुमार डिसिले जानकारी दिए । पीडित बालिकाको स्वास्थ्य परीक्षण वैशाख १५ गते जिल्ला अस्पतालमा गरिएको छ ।


नारायण भुसाल