बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन २३ गते

४८ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा खजुरा गाउँपालिका-६, गिजरा फारमका २३ वर्षीय शिव शङ्कर मुराउलाई प्रहरीले ०८१ साउन २२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २२ गते ललाई फकाई आफ्नो घरको कोठामा लगेर बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन इलाका प्रहरी कार्यालय, धनौलीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, धनौलीका इन्स्पेक्टर अशोक मल्लले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वस्थ्य परीक्षण साउन २२ गते भेरी अस्पताल, नेपालगञ्जमा भयो ।


ध्रुबराज शर्मा