बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन ८ गते

५६ वर्षीया मानसिक रोगी महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले रामेछापको खाडादेवी गाउँपालिका४ का २७ वर्षीय गोल्ठे भन्ने भुवन नेपालीलाई ०८१ साउन ७ गते प्रहरीले  गिरफ्तार गरेको छ ।

पीडित महिलालाई ०८१ साउन २ गते सुनकोसी गाउँपालिका६ चैनपुर स्थित सुनकोसी नदी किनारमा बलात्कार गरेको आरोपमा पीडित पीडित पक्षले ०८१ साउन ५ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा उजुरी दिएको थियो ।

उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरि ०८१ साउन ७ गते जिल्ला अदालत सिन्धुलीबाट सात दिनको म्याद थप गरि अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो । पीडितको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा साउन ५ गते गरियो ।


नबिनबाबु अधिकारी