बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन २१ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा म्यागङ गाउँपालिका–३ घर भई विदुर नगरपालिका–९ बस्ने २२ वर्षीय रन्जित घलेलाई प्रहरीले ०८१ साउन २० गते गिरफ्तार गरेको छ ।

बालिकालाई साउन ११ गते विदुर नगरपालिका–१ मा रहेको एक होटेलमा लगेर बलात्कार गरेको आरोपमा पीडित बालिकाको आमाले साउन १८ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दर्ता गराएकी थिइन् ।

पीडित पक्षको उजुरीको आधारमा प्रहरीले आरोपित घलेलाई गिरफ्तार गरी अनुषन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी तिलक भारतीले जानकारी दिनुभयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण साउन १८ गते त्रिशूली अस्पतालमा गरियो ।

 


नवदीप श्रेष्ठ