बलात्कार घटनाका आरोपित गरिफ्तार

  ०८१  साउन १९ गते

१५ वर्षीया बालिकालाई ०८१ साउन ६ गते बलात्कार गरेको आरोपमा उत्तरगया गाउँपालिका–४ का ४५ वर्षीय रामचन्द्र गजुरेललाई प्रहरीले ०८१ असार १७ गते गिरफ्तार गरेको छ ।

पीडितलाई बिभिन्न प्रलोभनमा पारेर विगत तीन वर्षदेखि पटक पटक बलात्कार गर्दै आएको भन्दै पीडितका आफन्तले साउन १७ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको डिएसपी केशव भट्टराईले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १७ गते धुन्चेस्थित रसुवा अस्पतालमा गरियो । आरोपित विरुद्ध जबरजस्ती करणी कसुरमा मुद्दा दर्ता गरी अनुशन्धान थालिएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ ।


हेमनाथ खतिवडा