बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन १८ गते

२० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा सन्धिखर्क नगरपालिका–८, गोलखाडाका ६१ वर्षीय मिनबहादुर कुँवरलाई प्रहरीले ०८१ साउन १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन १६ गते बलात्कार गरेको भन्दै पीडित पक्षले सोही दिन जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी दिपेन्द्र रावलले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १६ गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।


कुलबहादुर नेपाली