बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन ५ गते

अपाङ्गता भएकी ३० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा तुलसीपुर उपमहानगरपालिका–७ बस्दै आएका ३६ वर्षीय जगत रावतलाई प्रहरीले ०८१ साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले साउन २ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते इलाका प्रहरी कार्यालय, तुलसीपुरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते राप्ती प्रादेशिक अस्पताल, तुलसीपुरमा भयो ।


जयनारायण पुन