बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन ५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेरको आरोपमा घोराही उपमहानगरपालिका–१२ का १९ वर्षीय रमेश सुनारलाई प्रहरीले ०८१ साउन ५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले साउन ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन ४ गते जिल्ला प्रहरी कार्यालय उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका एसपी रामबहादुर केसीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन ४ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, घोराहीमा भयो ।


जयनारायण पुन