बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ साउन ३ गते

५० वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा निस्दी गाउँपालिका-७, ज्यामिरेका ३५ वर्षीय सन्तबहादुर विकलाई प्रहरीले ०८१ साउन १ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले असार ३१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले साउन १ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष चन्दले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण साउन १ गते पाल्पा अस्पतालमा भयो ।


यज्ञमूर्ति तिमिल्सिना