बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार ३१

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले देवघाट गाउँपालिका–२ देउपुरका २२ वर्षीय इश्वर थापालाई ०८१ असार ३० गते गिरफ्तार गरेको छ ।

सामाजिक सञ्जाल फेसबुकमा डा. सागर थापा एमविविएस युडिटिसी बंगलादेश एनएमसी ५२९ परिचय राखेको र आफू बिर अस्पतालमा कार्यरत भएको बताएका आरोपित थापाले बालिकालाई जेठ ५ गते बलात्कार गरेको भन्दै पीडितको परिवारले असार १५ गते इलाका प्रहरी कार्यालय देवघाटमा उजुरी दिएका थिए । आरोपित थापालाई उनकै घरबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी अपिलराज बोहोराले जानकारी दिनुभयो ।

थापालाई असार ३१ गते जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धानको लागि थुनामा राखिएको एसपी बोहोराले बताउनु भयो ।

बालिकाको असार १५ गते दमौली अस्पतालमा स्वास्थ्य परीक्षण गरिएको थियो ।


प्रकाशचन्द्र भट्टराई