बलात्कार घटनाका आरोपित गिरफ्तार
१३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा कमलामाई नगरपालिका ६ का १९ वर्षीय उज्वल तामाङलाई ०८१ असार ७ गते प्रहरीले गिरफ्तार गरेको छ ।
पीडित बालिकालाई ललाइ फकाइ प्रलोभनमा पारी ०८१ असार ४ गते बलात्कार गरेको भन्दै आरोपित विरुद्ध पीडित परिवारले ०८१ असार ७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।
जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी बलात्कार मुद्दामा अनुसन्धान भइरहेको एसपी गोविन्दराज काफ्लेले जानकारी दिनुभयो ।
पीडितको स्वास्थ्य परीक्षण सिन्धुली अस्पतालमा असार ७ गते नै गरिएको छ ।
नविनबाबु अधिकारी
सम्बन्धित समाचारहरू
बाढीले पुल बगाएपछि समस्यामा विद्यार्थी
असोज १० देखि १२ गते सम्मको वर्षापछि त्रिशुली बढेर झोलुङ्गे पुल बगाउँदा शहिद लखन गाउँपालिका–४ ठेउवाटारका विद्यार्थीलाई विद्यालयसम्म पुग्न समस्या परेको छ बाढीले चितवनको इच्छाकामना गाउँपालिका–४ धारापानी र शहिद लखन…
मुगुका महिलामा पाठेघरको समस्या बढ्दै
मुगुका अधिकांश महिलामा पाठेघरको समस्या बढ्ने गरेको छ । पर्याप्त पोषणयुक्त खानाको अभावले पाठेघर खस्ने समस्या देखिने गरेको हो । प्रजनन् अङ्ग परिपक्क नहुँदै आमा बन्ने, गर्भवती र सुत्केरी अवस्थामा पनि…
समस्यै समस्यामा जिल्ला अस्पताल, स्वास्थ्य सेवाबाट सेवाग्राही वञ्चित
कोशी प्रदेशमा रहेका जिल्ला अस्पतालमा स्वास्थ्य उपकरणदेखि स्तरन्नोतिमा समस्यै समस्या रहेको इन्सेक अनुगमनका क्रममा पाइएको छ । जिल्ला अस्पतालमा विविध खाले समस्याका कारण सेवाग्राही स्वास्थ्य सेवाबाट समेत वञ्चित हुनु परेको…
चक्रिवाङ्गका २५ घरधुरी खानेपानीबाट वञ्चित
प्यूठान नगरपालिका-३, चक्रिवाङ्ग गाउँका २५ घरधुरी वर्षौँदेखि स्वच्छ खानेपानीबाट वञ्चित भएका छन् । वर्षौँदेखि रहेको बस्तीमा सरकारले खानेपानीको व्यवस्था नगर्दा चक्रिवाङ्ग गाउँका नागरिकहरू बस्ती नजिकै बाट बगेको जुम्रीखोलाको दुषित पानी…
शङ्कास्पद मृत्यु घटनाका आरोपित गिरफ्तार
लिमचुङबुङ गाउँपालिका-३ बाराहा पिप्लेकी २० वर्षीया निङमा याङजी शेर्पाको शङ्कास्पद मृत्यु भएको आरोपमा पीडित पक्षले प्रहरीमा उजुरी दिएको छ । पीडित पक्षको उजुरीका आधारमा प्रहरीले निङमाका २४ वर्षीय पति क्षेत्र…