बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २६ गते

१८ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–३, पडेरियाका २६ वर्षीय अब्दुल सबुत खानलाई प्रहरीले ०८१ असार २५ गते गिरफ्तार गरेको छ ।

पीडित युवतीलाई आरोपितले जेठ ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १६ गते इलाका प्रहरी कार्यालय, लुम्बिनीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा फरार आरोपितलाई असार २५ गते गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, लुम्बिनीका इन्स्पेक्टर कञ्चन तामाङले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी