बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २६ गते

२५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बुद्धभूमी नगरपालिका-४, बुड्डीका २८ वर्षीय रोहित थारुलाई प्रहरीले ०८१ असार २३ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले वैशाख ४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार २३ गते इलाका प्रहरी कार्यालय, गोरुसिङ्गेमा उजुरी दियो । पीडितले दिएको सोही उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी हरिबहादुर वलीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार २० गते कपिलवस्तु अस्पताल, तौलिहवामा भयो ।


रीमा बिसी