बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २४ गते

१६ वर्षीया छोरी बलात्कार गरेको आरोपमा ४९ वर्षीय बाबुलाई इलाका प्रहरी कार्यालय गजुरीले ०८१ असार २२ गते गिरफ्तार गरेको छ ।

पीडितलाई पटक पटक बलात्कार गर्ने गरेको भन्दै पीडितपक्षले असार १६ गते बाबुविरुद्ध इलाका प्रहरी कार्यालय गजुरीमा उजुरी दिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनुभयो ।

पीडितको स्वास्थ परीक्षण असार १६ गते जिल्ला अस्पतालमा धादिङमा गरिएकोमा १९ हप्ताको गर्भ रहेको स्वास्थ्य परीक्षणबाट जानकारी भयो । जिल्ला अदालतको आदेशले पीडितको स्वास्थ्य परीक्षण र उपचार प्रसुति गृह काठमाण्डौमा असार १७ गतेदेखि २२ गतेसम्म भयो । अदालतको स्वृकृति पछि पीडितको गर्भपतन समेत प्रसुति गृह काठमाडौंमा भयो ।

पीडित अस्पतालको उपचारपछि आमासँग आफ्नो घर पुगेपछि परिवारका अन्य सदस्यको धम्कीका कारण घरमा बस्न नसकी असार २३ गतेदेखि सुरक्षित आवास गृहमा राखिएको र एकिकृत सङ्कट व्यवस्थापन प्रणालिबाट उपचार लगायतका न्यायिक सहयोग भइरहेको छ ।

पीडित बालिकालाई दुई वर्ष पहिले बलात्कार गरेको कसुरमा काका पनि जिल्ला कारागारमा पुर्पक्षका लागि थुनामा रहेका छन् ।


सीताराम अधिकारी