बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २२ गते

३१ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा प्रहरीले महालक्ष्मी नगरपालिका–३ डाँडागाउँका ३० वर्षीय प्रताप तामाङलाई असार २० गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले ०८१ असार १७ गते बलात्कार गरेको आरोपमा पीडित पक्षले आरोपितविरुद्ध असार १९ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

पीडित पक्षको उजुरीका आधारमा आरोपितलाई अनुसन्धानका लागि छथर जोरपाटी गाउँपालिका २ जोरपाटी बजारबाट गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी राजबाबु महर्जनले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जिल्ला अस्पतालमा असार २० गते गरिएको छ ।


ईश्वर थापा