बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १९ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका–१, बेलहियाका ५४ वर्षीय रामबहादुर नेपाली, सोही ठाउँका २४ वषीय कमल नेपाली र १६ वर्षीय बालकलाई प्रहरीले ०८१ असार १७ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितहरूले जेठ १५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १६ गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी