बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १९ गते

१९ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा लमजुङको दुधपोखरी गाउँपालिका– ६ गौडा बस्ने ४८ वर्षीय प्रसाद तामाङ लाई प्रहरीले असार १६ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितलले असार १३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १६ गते जिल्ला प्रहरी कार्यालयमा उजुरीका दिएका थिए ।

आरोपित विरुद्ध प्रहरीले असार १७ गते जिल्ला अदालतबाट सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालयका इन्सपेक्टर थानेश्वर चपाईले बताउनुभयो ।

पीडित महिलाको स्वास्थ्य परीक्षण असार १६ गते जिल्ला अस्पतालमा गरिएको छ ।


सुमित्रा भुजेल