बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १८ गते

पाँच वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ०८१ असार १७ गते वीरगंज महानगरपालिका वडा नं. ३१ निवासी २१ वर्षीय निरञ्जन मण्डललाई गिरफ्तार गरेको छ ।

असार १३ गते पीडित बालिका घरमा एक्लै भएको मौका छोपी आरोपितले बालिकालाई ललाइफकाइ गरी बलात्कार गरेको भन्दै पीडित पक्षले आरोपितविरुद्ध असार १७ जिल्ला प्रहरी कार्यालयमा उजरी दिनु भयो । पीडित बालिका कक्षा युकेजीमा पढ्छिन् ।

पीडितको स्वास्थ्य परीक्षण असार १८ गते वीरगंजस्थित नारायणी अस्पतालमा भयो ।

घटनाको अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्याालय पर्साका एसपी कुमोध ढुंगेलले बताउनु भयो ।


शम्भुकुमार सुमन