बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १५ गते

२१ वर्षीया महिलालाई सामूहिक बलात्कार गरेको आरोपमा सिद्धार्थनगर नगरपालिका-१२ का १८ वर्षीय प्रिन्स गुरुङ्ग, सिद्धार्थनगर नगरपालिका-६ का २१ वर्षीय रोहित गुप्ता र सिद्धार्थनगर नगरपालिका-३ का १९ वर्षीय स्पर्श गुप्तालाई प्रहरीले असार १२ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितहरूले जेठ १७ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १२ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितहरूलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परिक्षण असार १२ गते नै भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी