बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १४ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा ३७ वर्षीय बुबालाई प्रहरीले ०८१ असार १३ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले अन्तिम पटक जेठ १० गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १३ गते इलाका प्रहरी कार्यालय, सालझण्डीमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, सालझण्डीमा इन्स्पेक्टर अनिल पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १३ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।


रीमा बिसी