बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार १२ गते

१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा पाणिनि गाउँपालिका-४, गेजाका ३६ वर्षीय पोमबहादुर रास्कोटीलाई प्रहरीले ०८१ असार १० गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ९ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार १० गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रतिक सिंह राठौरले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार १० गते अर्घाखाँची अस्पताल, सन्धिखर्कमा भयो ।


कलबहादुर नेपाली