बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार ११ गते

चार वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा गुल्मी जिल्ला मुसीकोट नगरपालिका–३ स्थायी घरभई तिलोत्तमा नगरपालिका–६, गोरकट्टका ४० वर्षीय करण थापालाई प्रहरीले ०८१ असार ८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले असार ५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले असार ८ इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण असार ७ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।


रीमा बिसी