बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार ५ गते

१४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले ३८ वर्षीय बुवालाई ०८१ असार ३  गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले ०८० भदौ २८ गतेदेखि बलात्कार गर्दै आइरहेको थाहा पाएपछि आरोपित विरुद्ध ०८१ असार २ गते जिल्ला प्रहरी कार्यालय, कैलालीमा उजुरी दिएको पीडित बालिकाकी आफन्तले इन्सेक पतिनिधिसँगको फोन सम्पर्कमा बताउनु भयो ।

पीडित पक्षले दिएको उजुरीका आधारमा आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर उपेद्रबहादुर बमले बताउनु भयो ।

पीडित बालिकाको स्वास्थ्य परीक्षण असार २ गते सेती प्रादेशिक अस्पताल, धनगढीमा गरिएको छ ।


मैनामोती चौधरी