बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ असार २ गते

१५ वर्षीया बालिकालाई  बलात्कार गरेको आरोपमा प्रहरीले चाँगुनारायण नगरपालिका–६ नगरकोटका ३८ वर्षीय कृष्णबहादुर तामाङलाई जेठ ३१ गते गिरफ्तार गरेको छ ।

पीडितलाई आरोपितले  भक्तपुर नगरपालिका–१ दुधपाटीस्थित न्यू भक्तपुर गेष्ट हाउसमा ०८१ जेठ १२ गते   डर देखाएर बलात्कार गरेको भन्दै पीडितकी हजुर आमाले   जेठ ३१ गते जिल्ला प्रहरी परिसर, भक्तपुरमा उजुरी दिनु भएको थियो ।

उजुरीका आधारमा प्रहरीले आरोपितलाई गिरफ्तार गरी अनुसन्धान भइरहेको प्रहरी हबल्दार घनस्याम ठगुन्नाले बताउनु भयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ ३२ गते  भक्तपुर अस्पतालमा गरिएको छ ।


जमुना भट्टराई