बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ ३२ गते

१७ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा राजविराज नगरपालिका-२ राजदेबी टोलका २० वर्षीय नविनकुमार रायलाई प्रहरीले ०८१ जेठ ३२ गते गिरफ्तार गरेको छ ।

आरोपितले जेठ २९ गते भगाएर बेपत्ता भएकोमा जेठ ३१ गते घर फर्केर आएकी बालिकाले घटनाबारे अभिभावकलाई बताएकी थिइन् ।

पीडितकी आमाले जिल्ला प्रहरी कार्यालयमा जेठ ३२ गते आरोपितविरुद्ध उजुरी दिनुभएको हो । जिल्ला प्रहरी कार्यालयले जेठ ३२ गते उजुरी दर्ता गरी सोही दिन गजेन्द्रनारायण सिंह अस्पतालमा पीडितको स्वास्थ्य परीक्षण गराएको अस्पतालले जनाएको छ ।


मनोहरकुमार पोखरेल