बलात्कार घटनाका आरोपित गिरफ्तार
३६ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा बसबरीया गाउँपालिका-३ भवानीपुरका ३५ वर्षीय रमन माझीलाई ०८१ जेठ २८ गते इलाका प्रहरी कार्यालय हरिवनले गिरफ्तार गरेको छ ।
पीडितलाई जेठ १३ गते बलात्कार गरी अचेत अवस्थामा छाडी आरोपित फरार भएका थिए । जेठ १४ गते बिहान बागमती नगरपालिका-४, जिरायतस्थित डाँडा टोलकाे कच्ची सडक किनारामा अचेत अवस्थामा रहेका पीडितलाई स्थानीयहरूले देखेपछि इलाका प्रहरी कार्यालय हरिवनलाई जानकारी गराएका थिए । स्थानियाकाे सहयोगमा पीडितलाई प्रहरीले उद्वार गरि स्वास्थ्य उपचारकाे लागि साेही दिन प्रादेशिक अस्पाल मलंगवा लगिएको थियाे । त्यस्तै पीडितकाे थप उपचार जेठ १७ देखि २० गतेसम्म काठमाण्डौस्थित वीर अस्पतालमा भयाे भने जेठ २१ गतेदेखि वीरगञ्जस्थित नारायणी अस्पतालमा भइरहेको जिल्ला प्रहरी कार्यालय मलंगवाका डिएसपी दिपक श्रेष्ठले जानकारी दिनु भयो ।
आरोपितलाई जेठ २८ गते इलाका प्रहरी कार्यालयले बागमती नगरपालिका-४, मगर टोलबाट गिरफ्तार गरेको डिएसपी श्रेष्ठले जनाकारी दिनु भयो ।
सम्बन्धित समाचारहरू
पत्रकार महासंघका जिल्ला अध्यक्षमाथि चक्कु प्रहार, घटनाका आरोपित गिरफ्तार
खप्तडछान्ना गाउँपालिका–७ गोरखाली निवासी नेपाल पत्रकार महासंघ, बझाङ शाखाका अध्यक्ष ३३ वर्षीय ललितबहादुर सिंहमाथि ०८१ माघ २८ गते राति धारिलो हतियार प्रहार गरी घाइते बनाएको आरोपमा प्रहरीले मष्टा गाउँपालिका–४ का…
बलात्कार घटनाका आरोपित गिरफ्तार
१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले खप्तडछान्ना गाउँपालिका–७ बेडुपाटाका ३४ वर्षीय विरेन्द्र रोकायालाई ०८१ माघ २७ गते गिरफ्तार गरेको छ । पीडित बालिकालाई आरोपितले ०८१ भदौ ३० गते बलात्कार…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
२२ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा कल्याणपुर नगरपालिका–७ का २४ वर्षीय देवसरण मरिकविरुद्ध पीडित पक्षले इलाका प्रहरी कार्यालय मिर्चैयामा ०८१ माघ २४ गते उजुरी दिनुभएको छ । आरोपितले पीडित महिलालाई…
स्वास्थ्यकर्मीमाथि दुर्व्यवहार गरेको घटनाका आरोपित गिरफ्तार
एचपिभि खोप अभियानमा ०८१ माघ २५ गते खटिएका स्वास्थ्यकर्मी वीरगञ्ज महानगरपालिका-१६ का ४२ वर्षीय शोशिल कुमार महत्तोलाई गाली गलौज गर्दै हातपात गरी दुर्व्यवहार गरेको आरोपमा पोखरिया नगरपालिका-१ वनकटवाका ३५ वर्षीय…
बलात्कार घटनाका आरोपितविरुद्ध उजुरी
१९ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा ब्रहमपुरी गाउँपालिका-२ का २३ वर्षीय रमेसर राउत बेल्दारविरुद्ध पीडित पक्षले ०८१ माघ २७ गते जिल्ला प्रहरी कार्यालय मलंगवामा उजुरी दिनुभएको छ । आरोपित बेल्दारले…