बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ ३० गते

४५ वर्षीया महिलालाई बलात्कार गरेको आरोपमा पाल्पा जिल्लाको घर भइ बुटवल उपमहानगरपालिका-११ मा बस्ने ४४ वर्षीय विष्णबहादुर राणालाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडित महिलालाई आरोपितले जेठ २० गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २८ गते इलाका प्रहरी कार्यालय, बुटवलमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय, बुटवलका डिएसपी विजयराज पण्डितले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २८ गते लुम्बिनी प्रादेशिक अस्पताल, बुटवलमा भयो ।


रीमा बिसी