बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ ३० गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा लुम्बिनी साँस्कृतिक नगरपालिका-१, खुनगाइका २० वर्षीय विशाल कुर्मीलाई प्रहरीले ०८१ जेठ २८ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २१ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मनोहरप्रसाद भट्टले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते भिम अस्पताल, भैरहवामा भयो ।


रीमा बिसी