बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ २९ गते

१५ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा १४ वर्षीय बालकलाई प्रहरीले ०८१ जेठ २७ गते गिरफ्तार गरको छ ।

पीडित बालिकालाई आरोपितले जेठ २४ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २७ गते इलाका प्रहरी कार्यालय, कृष्णनगरमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको इलाका प्रहरी कार्यालय, कृष्णनगरका इन्स्पेक्टर सुरज खत्रीले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २४ गते बहादुरगञ्ज अस्पताल, बहादुरगञ्जमा भयो ।


रीमा बिसी