बलात्कार घटनाका आरोपित गिरफ्तार

  ०८१ जेठ २७ गते

१६ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा रामपुर नगरपालिका-२ का २५ वर्षीय बिक्की दमाईलाई प्रहरीले ०८१ जेठ २५ गते गिरफ्तार गरेको छ ।

पीडित बालिकालाई आरोपितले जेठ ३ गते बलात्कार गरेको भन्दै पीडित पक्षले जेठ २५ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो । पीडित पक्षले दिएको सोही उजुरीको आधारमा आरोपितलाई गिरफ्तार गरी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर सन्तोष चन्दले इन्सेकलाई जानकारी दिनुभयो ।

पीडितको स्वास्थ्य परीक्षण जेठ २५ गते पाल्पा अस्पतालमा भयो ।


यज्ञमूर्ति तिमिल्सिना